काठमाण्डौ। दशैं केवल रमाइलो गर्ने पर्व मात्र होइन । यसका अनेक विशेषता र महत्व छन् । सामाजिक महत्व छन् । जसले समाजलाई एकसूत्रमा जोड्छ । धार्मिक महत्व छ, जसले शक्ति र सत्यको जीत हुन्छ भन्ने सन्देश दिन्छ । आर्थिक महत्व छ, जसले लत्ताकपडादेखि खाद्यन्नसम्मको बजार उत्कर्षमा पुर्याउँछ । भावनात्मक महत्व छ, जसले टाढा/टाढा रहेका आफन्तलाई एकै थलोमा ल्याइपुर्याउँछ । दशैं, सद्भावको पर्व हो । एकताको पर्व हो । समग्रमा यो हाम्रो जीवन पद्दतीको एउटा हिस्सा हो ।
घटस्थापनादेखि दशैंको विधिवत सुरुवात हुन्छ । घटस्थापनाको दशौं दिनमा टिका । अर्थात आफन्त, गन्यमान्यबाट टीका थाप्ने दिन । यसलाई विजय दशमी भनिन्छ । यो एउटा विजयको उल्लास पनि हो । असत्यमाथि सत्यको विजय ।
दशैं सुरुभएदेखि हरेक दिनको आ—आफ्नै महत्व र अर्थ छ । यो धार्मिक परम्परासँग मात्र जोडिएको छैन । हाम्रो जीवन पद्दतिलाई सुखदायी, प्रेममय बनाउने सूत्र पनि छ यसमा । दश÷संस्कृतिले हामीलाई समाजसँग एकाकार भएर हाँस्न र बाँच्न प्रेरित गर्छ, संयमित र सन्तुलित जीवन ।
आज सप्तमी अर्थात फूलपाती । यो तिथिको पनि विशेष महत्व छ । सप्तमी तिथिको दिन दशैंका लागि पूजा सामग्री स्वरुप फूलपाती आगमनमा प्रवेश गराउने गरिन्छ । फूलपातीको प्रचलन र महत्वबारे केही कथन प्रचलित छन् । घटस्थापनाको दिनदेखि नै दशैं सुरु भए पनि दशैंको चहलपहल भने आज अर्थात फूलपातीदेखि सुरु हुन्छ ।
घर/घरमा फूलपाती भित्र्याएपछि दशैंको रौनक सुरु हुन्छ । शास्त्रिय विधी अनुसार शुभ साइतको प्रतिक मानेर फूलपाती भित्र्याइने गरिन्छ । केरा, दारिम, धान, हलेदो, माने, कर्चुरा, बेल, अशोक र जयन्ती जस्ता नौ प्रकारका पातहरुलाई पूजेर पत्येक नौका दरले दुर्गापूजा गरेको स्थानमा भित्र्याइने प्रचलन छ । यी नौ पातमा ब्रम्हाणी, रक्चचण्डिका, लक्ष्मी, दुर्गा, चामुन्डा, कालिका, शिवा, शोकहारिणी र कार्तिकी देवीलाई एक एक गरेर सोह्र सामग्रीले पुजिन्छ ।
यस दिन गोरखा दरबारको दशैंघरबाट ल्याइएको फूलपाती राजधानी ल्याएर बढाइँसाथ हनुमानढोका भित्र्याइन्छ । गोरखादेखि धादिङ जिल्लाको जीवनपुरसम्म दशैंघरसका पूजारीसहित मगर जातिका ६ जनाले ल्याउने चलन छ । त्यसपछि धादिङ जिल्लाको जीवनपुरदेखि काठमाडौंको जमलसम्म काठमाडौंबाट गएका ब्राम्हण जातिका ६ जनाले ल्याउने परम्परा छ ।
This will close in 3 seconds
सम्बन्धित खबर
मेरो उमेर पनि गयो, ‘रिटायर्डमेन्ट’ हुने बेला भयो: सभापति देउवा
मेटमणिलाई एकीकृत समाजवादीले सोध्यो स्पष्टीकरण: कालापानी-लिपुलेक कसरी भारतको ?
वरिष्ठ पत्रकार सुदर्शनराज पाण्डेको निधन
नेपाल प्रहरीको इन्सपेक्टर र असईमा ३२० जनाको लागि भर्ना खुल्यो
आजको मौसम पूर्वानुमान
नेपालमा उत्पादित तरकारी आजबाट कतारमा निर्यात गर्न सुरू
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग