कालिकोटमा मलामी गएका १३ जना पहिरोमा पुरिएर बेपत्ता भएका छन् । तिलागुफा नगरपालिका-४ राचुलीमा मलामी गएका उनीहरु बेपत्ता भएका हुन् ।
बेपत्ता हुनेमा सोही नगरपालिकाका १३ जना रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शुबराज बलमे जानकारी दिए । उनका अनुसार हिजो तिला नदी किनारमा शव अन्त्यष्टिको क्रममा माथिबाट पहिरो खस्दा उनीहरु बेपत्ता भएका हुन् ।
अहिले घटनास्थलमा प्रहरी टोली पुगेर घटनाबारे अनुसन्धान गरिरहेको र थप विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक बमले जानकारी दिए ।
मलामी गएका १३ जनाको पहिचान खुलेको छ । प्रहरीका अनुसार तिलागुफा नगरपालिका–४ राँचुलीका ४७ वर्षका कालीबहादुर शाही, ६३ वर्षका धनबहादुर शाही, ३६ वर्षका क्षेत्रजंग शाही, २८ वर्षका खगेन्द्र शाही, २३ वर्षका भेषबहादुर शाही, ५५ वर्षका धनबहादुर शाही, ७६ वर्षीय अली शाही, २३ वर्षका खेमराज शाही, ५७ वर्षीय मानबहादुर शाही, ४१ वर्षीय मोतिलाल शाही, ५६ वर्षका परबहादुर शाही, २४ वर्षका नरेश शाही र २२ वर्षका प्रशान्त शाही रहेका छन् ।
सुरक्षाकर्मीले बेपत्ताहरूको खोजीकार्य जारी राखेको छ । पहिरो तिला नदीसम्म पुगेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’