ताप्लेजुङमा ट्र्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु

ताप्लेजुङमा ट्र्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु

accident a

ताप्लेजुङ । ताप्लेजुङमा ट्र्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

जिल्लाको मैवाखोला गाउँपालिका–४ स्थित याम्फेवा खोला नजिक गएराति साढे १२ बजेतिर ५५५६ नम्बरको ट्र्याक्टर दुर्घटनामा हुँदा चार जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी ट्र्याक्टर चालक मैवाखोला वडा नम्बर–५ काम्सङका ३१ वर्षीय पासाङ शेर्पा, वर्ष २४ का फुर्वा शेर्पा, मैवाखोला–४ ओदक का वर्ष २२ का शर्मिला शेर्पा र वर्ष १७ का लाकी शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनका अनुसार उनीहरु सबैको घटनास्थलमा नै निधन भएको हो ।

ट्र्याक्टर सडकबाट झण्डै दुई सय मिटर तल खसेको बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds