Gandak News
Our News Your Views

बलिउड अभिनेता टाइगर श्राफको सुटिङको क्रममा खुट्टा भाँचियो

पोखरा । भारतीय अभिनेता टाइगर श्राफको खुट्टा भाँचिएको छ। हालै एक सुटिङको एक्सन सिन दिने क्रममा श्राफको खुट्टा भाचिएको हो।

खुट्टाले बेसिन तोड्ने क्रममा दुर्घटना भएको उनले समाजिक सञ्जालमार्फत बताएका हुन्।

सोही भिडियो आफ्नो इन्स्टाग्राम ह्यान्डलमा सार्वजनिक गर्दै अभिनेता स्वयंले यसबारे जानकारी दिएका छन्।

भिडियोमा अभिनेता खलनायकसँग झगडा गरिरहेका छन्, अचानक उनले बेसिन तोड्न खोज्छन्, जसका कारण उनको खुट्टा पनि भाँचिएको छ।

टाइगर चाँडै गणपत र बडे मियाँ छोटे मियाँमा देखिनेछन्। यो फिल्ममा उनी अक्षय कुमारसँग देखिनेछन्।

लोड हुँदै ...