चुनाव प्रचारमा हिँडेको गाडीको ठक्करबाट १ जनाको मृत्यु, १ घाइते

चुनाव प्रचारमा हिँडेको गाडीको ठक्करबाट १ जनाको मृत्यु, १ घाइते

accident a

सर्लाही । सर्लाहीमा चुनाव प्रसारमा प्रयोग गरिएको भारतीय नम्बरको स्कोर्पियोको ठक्करबाट एक जना भारतीय नागरिकको मृत्यु भएको छ।

ब्रम्हपुरी गाउँपालिका–३ भेल्हीमा चुनाव प्रचार प्रसारमा प्रयोग गरिएको बीआर ३० पी ९०८२ नम्वरको भारतीय स्कोर्पियोले ज १० प १३०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार भारत सीतामढीका २२ वर्षीय नेक महम्मदको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मलंगवा नगरपालिका ९ का १२ वर्षीय असलम सफी घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरीले जनाएको छ।

ठक्कर दिने गाडी सर्लाही क्षेत्र नं. २ का उम्मेदवार नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादवको चुनावी प्रचारमा हिँडेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

मोटरसाइकललाई ठक्कर दिएर भागेको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको तर चालक भने भागेका प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ