कर्नाटकमा ट्रक र अटो रिक्सा ठोक्किँदा सात जनाको मृत्यु, छ घाइते

कर्नाटकमा ट्रक र अटो रिक्सा ठोक्किँदा सात जनाको मृत्यु, छ घाइते

accidentt durghatana

काठमाडौं । कर्नाटकको बिदरमा ट्रक र अटो रिक्सा ठोक्किँदा सात जनाको मृत्यु भएको छ। अन्य छ जना घाइते भएका छन्।

शनिबार बेमलखेडा गाउँ नजिकै दुर्घटना हुँदा सात महिलाको मृत्यु भएको हो। दुर्घटनामा घाइते भएकाहरूलाई बिदर अस्पताल लगिएको छ।

बुढामनहल्ली गाउँपालिकाका महिला मजदुर काम सकेर घर फर्किरहेका बेला सो दुर्घटना भएको बिदर प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds