पोखरा । कास्की निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधि सभा सदस्यमा पाँच दलीय गठबन्धनका साझा उमेदवारका रामजीप्रसाद बराल जीवनले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा ३ हजार मिटरको रनवे बनाउन पहल गर्ने बताएका छन् ।
विहिबार पर्यटन व्यवसायीहरु सँगको छलफलमा उमेदवार बरालले गण्डकी प्रदेश र राजधानी पोखरा क्षेत्रको बृहत विकासको लागि कम्तिमा पनि विमानस्थलमा ३ हजार मिटरको रनवे आवश्यक हुने भएकोले त्यसको लागि आवश्यक पहल गर्ने बताएका हुन् ।

पर्यटन व्यवसायीहरुले पोखरामा नयाँ विमानस्थल निर्माण भएपछि पर्यटनको प्रबद्र्धन हुने विश्वासका साथ ठुलो लगानी गरे पनि हाल निर्माण भएको विमानस्थलबाट धेरै विदेशी पर्यटकहरु भित्राउन नसकिने बताएपछि गण्डकी प्रदेशका अर्थमन्त्री समेत रहेका उमेदवार बरालले स्थानियको माग अनुसार रनवे विस्तार गर्ने प्रकृयामा सबैको साथ सहयोगको अपेक्षा भएको बताए ।
पोखरा विमानस्थलमा हालै निर्माण भएको २ हजार ५ सय मिटरको रनवेका आधारमा करिब ७५ सिटे हवाई जहाज आउने भएकोले कम्तिमा पनि २ सय सिट क्षमताको विमान तेश्रो मुलुकदेखि आउने वातावरण निर्माण गर्न सकेमात्र पोखरा क्षेत्रमा पर्यटनको विकास हुने नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले बताए ।
सम्बन्धित खबर
औषधि बजारलाई व्यवस्थित बनाउनु पर्दछः प्रदेश प्रमुख भट्ट
दुई प्रदेश जोड्ने राम्दी पुल निर्माण अन्तिम चरणमा
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)