पोखरा, १ मंसिर । २०७६ को उपनिर्वाचनमा कास्की २ बाट निर्वाचित भएपछि एमाले नेतृ विद्या भट्टराई पहिलो पटक संसद छिरिन् । उनी सदन गएलगत्तै संसदले उनलाई सदनको शिक्षा तथा स्वास्थ्य समितिमा लगियो । सदनबाट उनको नाम सर्वसहमतिले सो समितिका लागि पास गरिएको थियो ।
त्रिभुवन विश्वविद्यालयबाट सहायक प्राध्यापकको जागिर छाडेकी विद्या भट्टराई अहिले पनि कास्की २ मा नेकपा एमालेबाट उम्मेदवार छिन् । नेकपा एमालेबाट उम्मेदवार बनेकी विद्या शिक्षा क्षेत्रबारे जानकार छिन्, शिक्षा क्षेत्रमा विकास गर्न सकिने पाटादेखि ल्याउनुपर्ने नयाँ योजना उनलाई थाहा छ ।
विद्या आगामी प्रतिनिधि सभा निर्वाचनबाट निर्वाचित भएर शिक्षा क्षेत्रका मुद्दालाई सदनमा व्यापक ढंगले उठाउन चाहन्छिन् । शिक्षाका समस्याहरुलाई जनताको मुद्दा उठान गर्ने संसदमा पुर्याएर निराकरणको बाटोमा लैजान विद्या उत्साहित छिन् ।
सदनमा शिक्षा क्षेत्रका बारे उनले पटकपटक आफ्नो बुलन्द आवाज राखिन् । विषयगत शिक्षा तथा स्वास्थ्य समितिका प्राय सबै बैठकमा उनले आफ्नो विचार राख्ने गरेकी थिइन् । बालविकासका सहयोगीको मासिक तलब १५ हजार कायम गरेर तलब नपाएको देखि कामको समय भन्दा बढी समयसम्म काम गरिरहनुपरेको विषय उनले नै सदनमा लगिन् । बालविकास सहजकर्ताको पारिश्रमिक नियमित नहुँदा सो पारिश्रमिक नियमित बनाउन उनको भूमिका अग्रणी रह्यो ।
भट्टराईको जोड आगामी प्रतिनिधिसभा निर्वाचनपछि एकीकृत शिक्षा ऐन ल्याउनेमा छ । अहिले एकीकृत ऐनकै अभावमा शिक्षा क्षेत्रमा हुनुपर्ने काम पनि नभएकाले शिक्षा ऐन टड्कारो आवश्यकता रहेको उनको ठहर छ । ‘एकीकृत शिक्षा ऐन ल्याउन सकेका छैनौं, त्यो नल्याएसम्म गुणस्तरीय शिक्षा कल्पनमा मात्र हुन्छ,’ उनी भन्छिन् ।
गोरखा भुकम्प २०७२ बाट क्षति पुगेका विद्यालयका पुननिर्माणको काम सकिएको र अहिले पूर्वाधारका हिसाबमा सरकारी विद्यालय सक्षम रहेको उनी बताउँछिन् । तर गुणस्तरीय र सुलभ शिक्षा दिने मामिलामा अझै उल्लेख्य काम हुन नसकेको उनको ठम्याईं छ ।
शिक्षा क्षेत्रको विकासका लागि आवासीय प्राविधिक विद्यालयको सञ्चालनदेखि बालविकास सञ्चालनमा पनि सही नीति लिनुपर्ने भट्टराई बताउँछिन । शिक्षा लोकतन्त्रको आधार भएकाले लोकतन्त्रको रक्षाका लागि पनि शिक्षालाई प्राथमिकतामा राखिनुपर्नेमा जोड दिन्छिन् । साक्षर विद्यार्थी भन्दा शिक्षित विद्यार्थी बनाउने नीति नेपाल सरकारले लिनुपर्ने उनको सुझाव छ । विद्यालय शिक्षालाई पनि रोजगारीसँग जोड्न सकेमात्र शिक्षाको सही अर्थ रहने उनी थप्छिन् ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
सरकारले हटायो काठमाडौं महानगरका अव्यवस्थित बस्ती