‘जोखिममुक्त सडक आजको प्रमुख प्राथमिकता’ [भिडियोसहित]

‘जोखिममुक्त सडक आजको प्रमुख प्राथमिकता’ [भिडियोसहित]

2

पोखरा, १ मंसीर । जनताले सडकमा सवारी साधन कुदाएबापत सरकारलाई कर तिर्छन् । तर, त्यही करबाट खाल्डा परेका, बिग्रिएका सडक बन्दैनन् । जसले गर्दा दुर्घटनामै वर्षेनि हजार जनाभन्दा बढीको ज्यान गुमिरहेको छ ।

२०७० को दशकको ८ आर्थिक वर्षमा मात्रै १ लाख ८६ हजार २७७ सडक दुर्घटना भएका छन् । दुर्घटनामा ज्यान गुमाउने नागरिकको संख्या १९ हजार ३५८ पुगेको छ । यस्ता दुर्घटनामा परी १ लाख ३५ हजार १७५ जना मानिस घाइते भएका छन् ।

कास्की २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि एमाले नेतृ विद्या भट्टराईले संसदमा दुर्घटनाकै कारण नागरिकले ज्यान गुमाइरहेकाले सडक बनाउन ध्यान दिनुपर्ने आवाज उठाएकी थिइन् । उनले संसद बैठकमा बोल्दा भनेकी थिइन्, ‘जोखिमपूर्ण ग्रामीण सडक र यात्राका कारण दुर्घटनाका समाचार दिनदिनै आइरहेका छन् । तर, योप्रति सरकारको ध्यान गइरहेको छैन । यो आजको प्रमुख प्राथमिकता हो भन्ने म ठान्छु ।’

सरकारले राजमार्गहरूमा ट्रमा सेन्टर र प्राथमिक उपचार केन्द्र बनाउने कुरा गरिरहे पनि कार्यान्वयन हुन सकेको छैन । विद्याले यस विषयमा पनि संसदमा आवाज उठाइरहिन् । ‘राजमार्गमा दुर्घटनामा परेका घाइतेहरुका लागि गुणस्तरीय मोबाइल क्लिनिक, आकस्मिक उपचारका लागि अस्पताल निर्माण गर्नुपर्ने आजको आवश्यकता हो,’ उनले संसदमा भनेकी थिइन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ