नेपाली कांग्रेसले मुस्ताङबाट जीतकाे खाता खाेलेकाे छ । कांग्रेस नेता रोमी गौचन थकालीका २९ वर्षीय छोरा योगेशले एमालेका उम्मेदवार प्रेमबहादुर तुलाचनलाई पराजित गरेका हुन् ।
गौचनले ३ हजार ९९२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका तुलाचनले ३ हजार ७८ मत प्राप्त गरे । अघिल्लो चुनावमा एमालेका तुलाचनले कांग्रेसका रोमीलाई पराजित गरेका थिए । याेगेश सम्भवतः सबैभन्दा कान्छा सांसद बनेका छन् ।
प्रेमबहादुर तुलाचन र योगेश थकाली नातामा साला–भेनाबीच पर्छन् । रोमी गौचन र प्रेम तुलाचन मामा–फुपूका छोरा (सोल्टी) हुन् । मुस्ताङका स्थानीयको भनाइमा कांग्रेस उम्मेदवार योगेशले एमाले उम्मेदवार तुलाचनलाई भेना भन्छन् । त्यसैले मुस्ताङमा एमाले र कांग्रेसबीचको प्रतिस्पर्धाभन्दा पनि साला–भेनाको प्रतिस्पर्धाको रूपमा हेरिएको थियो ।
स्थानीय स्तरमा बलियो संगठन रहेको एमालेका उम्मेदवार भएका कारण पनि तुलाचन बलिया मानिन्थे । ३० वैशाखमा भएको स्थानीय चुनावमा पनि एमाले हावी भएको थियाे । एमालेले मुस्ताङका ५ स्थानीय तहमध्ये ४ पालिकाको अध्यक्ष जितेको छ । कांग्रेस एउटा पालिकाको अध्यक्ष र २ उपाध्यक्षमा सीमित रहेको छ ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु