अभिनेत्री एन्ड्रिला शर्माको २४ वर्षको उमेरमा निधन

अभिनेत्री एन्ड्रिला शर्माको २४ वर्षको उमेरमा निधन

aindrila-sharma

काठमाडौं । बंगाली अभिनेत्री एन्ड्रिला शर्माको २४ वर्षको उमेरमा निधन भएको छ।

लामो समयदेखि कोमामा रहेकी अभिनेत्री शर्माको उपचारका क्रममा आइतबार निधन भएको हो।

उनी लामो समयदेखि क्यान्सरबाट पीडित थिइन्। उनलाई १ नोभेम्बरमा ब्रेन स्ट्रोक भएको थियो। सोही दिन उनलाई अस्पताल भर्ना गरिएको थियो।

बंगाली फिल्म क्षेत्रकी चर्चित अभिनेत्री शर्माले टिभी शो ‘झुमर’ बाट आफ्नो करियर सुरु गरेकी थिइन् । एन्ड्रिलाले भर्खरै २ ओटीटी प्रोजेक्टमा पनि काम गरेकी थिइन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds