तालिबान समूहद्वारा युद्धविराम भंग, देशभर आक्रमण गर्न आदेश

तालिबान समूहद्वारा युद्धविराम भंग, देशभर आक्रमण गर्न आदेश

ladai (2)

काठमाडौं । पाकिस्तानको तालिबान समूहले सरकारसँग भएको युद्धविराम सम्झौता फिर्ता लिएको छ। साथै उक्त समूहले आफ्ना लडाकुहरूलाई देशभर आक्रमण गर्न आदेश दिएको छ।

गत जुन महिनामा पाकिस्तान सरकार र तालिबानबीच युद्धविरामको सम्झौता भएको थियो। तर सरकारले सम्झौता पालना नगरेको भन्दै तालिबानले पनि सम्झौताबाट आफू पछि हटेको जनाएको हो।

उसले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘वार्ता प्रक्रियामा अवरोध नहोस् भनेर हामी लगातार संयम भयौं तर सेना र गुप्तचरबाट हामीमाथि आक्रमण रोकिएन। त्यसैले अब हामी पनि जवाफी आक्रमण सुरु गर्नेछौं।’

तहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) सन् २००७ मा स्थापना भएको थियो। त्यसयता उसले गरेका आक्रमणबाट सयौं नागरिकको ज्यान गइसकेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ