विश्वकप हेर्न कतारस्थित रंगशालामै पुगे गायक बद्री पंगेनी

विश्वकप हेर्न कतारस्थित रंगशालामै पुगे गायक बद्री पंगेनी

badri_worldcup

काठमाडौं । चर्चित लोक गायक बद्रि पंगेनी विश्वकप फुटबल हेर्न कतारस्थित रंगशालामै पुगेका छन्।

उनले मंगलबार रंगशालामै रहेर आयोजक कतार र नेदरल्याण्ड्सबीचको खेल हेरेका थिए।

रंगशालामा खिचाएका तस्वीरहरू फेसबुकमा शेयर गर्दै गायक पंगेनीले भनेका छन्, ‘हजारौँ सपनामध्ये एउटा सपना पूरा भएको छ।’

तस्वीरमा पंगेनीले नेपालको राष्ट्रिय झण्डा बोकेका दौरा सुरुवाल, कोट, ढाकाटोपीमा रंगशालामा उपस्थित छन्। गायक पंगेनी शुक्रबार नेपाल फर्किनेछन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ