पोल्याण्डलाई २-० ले पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश

पोल्याण्डलाई २-० ले पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश

Arjentina

काठमाण्डाै । फिफा विश्व कप फुटबलमा पोल्यान्डलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको छ । वुधबार राति पोल्यान्डलाई २–० ले हराउँदै अर्जेन्टिनाले कतार विश्वकपको अन्तिम–१६ मा स्थान पक्का गरेको हो ।

अर्जेन्टिनाका लागि मेसीले ३९औँ मिनेटमा पाएको पेनान्टी चुकेको थियो। मेसीको प्रहारलाई पोल्यान्डका गोलकिपर वोइच चेजनीले बचाएका थिए ।

जित्नै पर्ने दबाबमा रहेको अर्जेन्टिनाले खेलको ४६औँ मिनेटमा एलेक्सिस म्याक–एलिस्टरको गोलबाट अग्रता लिएको थियो । भने ६७औँ मिनेटमा युलियन अल्भारेजले अर्जेन्टिनाको अग्रता दोब्बर बनाएका थिए । जितसँगै अर्जेन्टिनाले ३ खेलमा ६ अङ्क जोड्न सफल भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ