धनुषामा जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ९ घाइते

धनुषामा जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ९ घाइते

accidentt durghatana

काठमाडौं । धनुषामा जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्।

शनिबार बिहान साढे ४ बजे महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट फर्किँदै गर्दा धनुषाको बिरेन्द्र बजारमा बा १ ज ८२९३ नम्बरको जीप दुर्घटना हुँदा तीन महिला, एक बालक र एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै, घाइतेहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल धनुषा पठाइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ