मलेसियामा दुई नेपालीको हत्या, हत्याको आशंकामा एक नेपाली पक्राउ

मलेसियामा दुई नेपालीको हत्या, हत्याको आशंकामा एक नेपाली पक्राउ

Hatyaa

सांकेतिक तस्विर

काठमाडौं । मलेसियामा दुई नेपालीको हत्या भएको छ।

शनिबार मलेसियाको सेरेम्बनमा हत्या भएको अवस्थामा दुई नेपालीको शव फेला परेको हो।

त्यहाँको प्रहरीले ओकल्यान्ड कमर्सियल सेन्टरमा सुरक्षा गार्डको रुपमा कार्यरत दुई नेपालीलाई हथौडाले हानेर हत्या भएको जनाएको छ।

प्रहरीका अनुसार स्थानीयबाट घटनाको सूचना पाए लगत्तै घटनास्थल पुग्दा तीन जना नेपाली फेला परेको, ती मध्ये दुई जना मृत भेटिएको र अर्का एकजना सकुशल थिए ।

३५ र ४६ वर्षका दुई जनाको अनुहारमा चोट लागेको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ। उनीहरू तीनै जनाले मादक पदार्थ सेवन गरेको र पछि आपसी झगडा हुँदा हत्या भएको हुनसक्ने आशंका गरिएको छ।

प्रहरीले आक्रमणमा प्रयोग भएको हतियार पनि फेला पारेको र सँगै रहेका व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ। हत्याको दण्ड संहिताको धारा ३०२ अन्तर्गत मुद्दाको अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ