रिना केसीसँग ‘ढल्केर हिनेकाे बाबु’ सुमन [भिडियाे]

रिना केसीसँग ‘ढल्केर हिनेकाे बाबु’ सुमन [भिडियाे]

maxresdefault

पछिल्लाे समय तीजे भाकासँगै लाइभ दाेहाेरीमा जमेकी गायिका रिना केसीले पञ्चेबाजा गीत सार्वजनिक गरेकी छन् । गायक एवं माेडल सुमन केसीसँगकाे सहकार्यमा उनले ल्याएकाे गीतकाे बाेल हाे ‘ढल्केर हिनेकाे बाबु’ ।

गायक सुमन केसी गीतमा चर्चित माेडल लाेमश शर्मासँगै देखिएका छन् । लाेशिना लामिछाने, दिलिप हमाल र ममत क्षेत्री पनि फिचरिङ छन् । गीतकाे शब्द सुमन खड्काकाे रहेकाे छ । संगीत सुमन केसीकै हाे भने एरेञ्ज कृष्ण केसी र मिक्सिङ श्यामश्वेत रसाइलीले गरेका छन् ।

भिडियाे पनि राम्राे बनेकाे छ । कुमार केसीकाे निर्देशन रहेकाे भिडियाे अजय रेग्मीकाे टीमले खिचेकाे हाे । अमृत चापागाइँले सम्पादन गरेका हुन् ।

बेहुला बेहुलीका भाइबहिनी पात्रमा सिर्जित गीत र भिडियाे मनाेरञ्जनपूर्ण छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds