काठमाण्डौ । रुसले युक्रेनमाथि सोमबार फेरि क्षेप्यास्त्र आक्रमण गरेको छ।
आक्रमणबाट ४ जनाको ज्यान गएको छ भने ऊर्जा तथा अन्य भौतिक संरचनामा पनि क्षति पुगेको युक्रेनले जनाएको छ।
युक्रेनले कम्तिमा ७० वटा क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ भने रुसले १७ वटा निशानामा प्रहार गरेको जनाएको छ ।
। रुसले निरन्तर गरेको क्षेप्यास्त्र आक्रमणबाट युक्रेनको ऊर्जा ग्रिडमा ठूलो असर पारेको छ । लाखौँ मानिसलाई जाडोको बेला बिजुलीविहीन बनाएको छ ।