कोरियामा एक नेपाली युवकको सुतेकै अवस्थामा मृत्यु

कोरियामा एक नेपाली युवकको सुतेकै अवस्थामा मृत्यु

mrityu

सोलुखुम्बु । दक्षिण कोरियामा एक नेपाली युवकको सुतेकै अवस्थामा मृत्यु भएको छ।

सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–३ तामाखानी घर भइ दक्षिण कोरियाको हव्साङसिमा कार्यरत २९ वर्षीय रामप्रकाश मगरको मंगलबार राति मृत्यु भएको हो।

बेलुका राम्रैसँग सुतेका मगरको हृदयघातका कारण मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ।

मगर केही दिनदेखि प्रेसरका कारण सामान्य बिरामी रहेको परिवारले जनाएको छ। उनी करिब ५ वर्षअघि कोरिया गएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds