पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा आगामी बुधबार दोस्रो मेयर कप साइकल दौड प्रतियोगिता हुने भएको छ । नेपाल साइक्लिङ संघ, कास्की जिल्ला साइक्लिङ संघको प्राविधिक सहयोगमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा साइकल सिटी पोखराले पनि सहयोग गर्दै छ ।
तीन विधामा हुने ५० किलोमिटर दुरीको साइकल दौडको तयारी सकिएको खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारले सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनकाअनुसार प्रतियोगितामा सहभागी हुन कास्की, काठमाडौँ, सिन्धुपाल्चोक, बाँके, रुपन्देही, सुनसरी, नुवाकोट, धादिङ, स्याङ्जा, तनहुँलगायत जिल्लाबाट तीन विधामा ६० जनाभन्दा बढी खेलाडीले नाम दर्ता गराइसकेका छन् ।
४० वर्षमुनिको महिला–पुरुष र ४० वर्षमाथि गरी तीन विधामा साइकल दौड हुनेछ । पोखरा–२१ को युवा वर्ष आधारभूत विद्यालय कमेरे नजिकैबाट सुरु भई सोही वडाको मट्टिखान, धुवारकोट, बाघखोर, भालुडाँडा हुँदै पुनः कमेरेमा आएर समापन हुने आयोजकले जनाएको छ । यो रुट दुई फन्को लगाएपछि ५० किलोमिटर दुरी पुरा हुने कास्की जिल्ला साइक्लिङ संघका अध्यक्ष शंकर भण्डारीले बताए ।
प्रतियोगितामा ४० वर्षमुनिको महिला र पुरुषतर्फ प्रथम हुनेलाई ३० हजार, द्वितीयलाई २० हजार र तृतीयलाई १० हजार रुपैयाँ पुरस्कार राखिएको छ । ४० वर्षमाथिको विधामा प्रथम हुनेलाई १० हजार, द्वितीयलाई १० हजार र तृतीयलाई ५ हजार पुरस्कार दिइने आयोजकले जनाएको छ ।
४० वर्षमुनिको विधामा सान्त्वना हुने दुई/दुई जना महिला र पुरुष प्रतियोगीलाई ५÷५ हजार रुपैयाँ दिइने खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए ।
शनिबार ‘टुर दि पोखरा’
साइकल सिटी पोखराको आयोजनामा आगामी पुष ९ गते शनिबार ‘टुर दि पोखरा’ हुँदैछ । ‘थोपा–थोेपा इन्धन बचाऊ’ नारा साथ छैटौँ संस्करणको साइकल ¥याली हुन लागेको साइकल सिटीका उपाध्यक्ष एवं कार्यक्रम संयोजक राजन गोंगजुले सोमबार पत्रकार सम्मेलनमा जानकारी दिए ।
पोखराको प्रदर्शनी केन्द्रबाट सुरु हुने ¥याली नयाँबजार, महेन्द्रपुल, पालिखे चोक, तेर्सापट्टी, नालामुख, विन्ध्यावासिनी, बागबजार, टुडिखेल, हरिचोक, मिरुवा, जिरो किमि, सभागृह चोक, बिपीचोक, महेन्द्रपुल, रानीपौवा, शितलादेवी, भद्रकाली स्कुल, मियाँपाटन, ३२ केभी, अमरसिंह चोक, कालिकाचोक, रामबजार, बुद्धचोक, पृथ्वीचोक हुँदै प्रदर्शनी केन्द्रमा आएर समापन हुने आयोजकले जनाएको छ ।
¥याली बिहान साढे ७ बजेदेखि सुरु हुनेछ ।
बागलुङ र पर्वतका विभिन्न गन्तव्यको प्रवद्र्धन गर्ने उद्देश्यसहित ‘टुर दि पोखरा’ को पूर्वसन्ध्यामा बागलुङ कालिका मन्दिरदेखि पोखरासम्म ¥याली पनि हुने कार्यक्रम संयोजक गोंगजुले जानकारी दिए । आगामी बिहीबार बिहान साढे ७ बजेदेखि बागलुङ कालिका मन्दिरबाट ७२ किलोमिटर दुरीको ¥याली सुरु गरिने छ ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो