नेपाली लोक दोहोरी संगीत क्षेत्रकी सदाबहार गायिका देवी घर्ती मगरको प्रस्तुति ऊनको डसना सार्वजनिक भइसकेको छ ।
चर्चित लोक तथा दोहोरी गायक राजु ढकालसँग गायन सहकार्यमा देवीले ऊनको डसना आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेकी छन् ।
‘ऊनको डसना, नलजाई नलजाई छेउमै बसन’ गीतको शब्द र भाका रमेश परियारको हो । बिनोद बाजुरालीले एरेञ्ज गरेका छन् ।
कृष्ण केसीले निर्देशन गरेको भिडियो रमाईलो बनेको छ । सन्तोष पन्त, दिब्यानी ओली, जेरी भण्डारीलगायतका कलाकारहरु भिडियोमा देखिएका छन् । जेरी भण्डारीले नृत्य निर्देशन गरेका छन् । करण चैसिरले खिचेको भिडियोलाई सुजन कोइरालाले सम्पादन गरेका छन् ।