पोर्चुगलमा एक नेपाली युवकको मृत्यु

पोर्चुगलमा एक नेपाली युवकको मृत्यु

acharya

पोखरा । पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ ।

राजधानी लिस्बोनमा बस्दै आएका ३४ वर्षीय नवीन आचार्यको २७ डिसेम्बर २०२२ का दिन निधन भएको हो ।

उनी डेढ महिना अघि मात्रै पोर्चुगल पुगेका थिए । उनी सिन्धुपाल्चोकको मेलम्ची न.प वडा न. १२ मा जन्मिएको खुलेको छ ।

त्यस्तै उनी पछिल्लो समय काठमाडौंको तार्केश्वर ११ नेपालटारमा स्थायी रुपमा बसोबास गर्दै आएका थिए ।

गैरआवासीय नेपाली संघ, पोर्चुगलले आचार्यको निधनप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds