शेयर काठमाडौं । पोल्याण्डमा सवारी दुर्घटनामा परी एक नेपालीको मृत्यु भएको छ । करिब ३ महिनाअघि रोजगारीका लागि पोल्याण्ड पुगेका मोरङ निवासी गोविन्द न्यौपानेको मृत्यु भएको हो । गैर आवासीय नेपाली संघ पोल्याण्डका अनुसार न्यौपानेको सोचचजेवमा सवारी दुर्घटनामा परी असामयिक निधन भएको हो।