काठमाडौं । बढ्दो चिसोसँगै निरन्तर हिमपातपछि अफगानिस्तानमा कम्तीमा २५ जनाको मृत्यु भएको छ ।
उत्तरी जाज्जानप्रान्तको खमाब, खानका र आक्चा जिल्लामा विगत दुई दिनदेखि भारी हिमपातहुँदा कठ्यांग्रिएर चार बालबालिकासहित १८ जनाको मृत्यु भएको छ ।
यसैगरी चिसोसँगै छिमेकी हिमपातले सारी पुलप्रान्तमा बालबालिका र महिलासहित सात जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।