अमेरिकामा गोलीकाण्डः सात जनाको मृत्यु

अमेरिकामा गोलीकाण्डः सात जनाको मृत्यु

goli

काठमाडौं । अमेरिकाको उत्तरी क्यालिफोर्नियाका दुई स्थानमा भएका गोलाबारीमा अहिलेसम्म सात जनाको मृत्यु भएको छ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार हाफ मून बे सहरका दुई फार्ममा गोलाबारी भएको हो।

घटनामा अरू धेरै व्यक्ति घाइते भएको र एक संदिग्धलाई हिरासतमा लिइएको जनाइएको छ।

दुई दिनअघि दक्षिणी क्यालिफोर्नियाको लस एन्जलस नजिकै पनि यस्तै घटना भएको थियो। जसमा ११ जनाको मृत्यु भएको थियो।

हाफ मून बे सन फ्रान्सिस्कोभन्दा करिब ५० किलोमिटरको दूरीमा रहेको छ। प्रहरीले यस घटनामा दुई घण्टापछि ६७ वर्षका एक व्यक्तिलाई पक्राउ गरेको हो।

जाँच एजेन्सीले सन्दिग्धको कार शेरिफ विभागको सवस्टेशनको पार्किङमा फेला पारेको थियो। गोलाबारीमा प्रयोग भएको बन्दुक यसै कारमा भेटिएको पनि जनाइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ