टिपर दुर्घटना हुँदा चालकको मृत्यु

टिपर दुर्घटना हुँदा चालकको मृत्यु

accidentt durghatana

बुटवल । पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल–पाल्पा सडक खण्डको केराबारीमा ना ८ ख ७९२४ नम्बरको टिपर बुधबार राति दुर्घटना हुँदा टिपर चालक स्याङ्जा गल्याङ नगरपालिका–१ राम्दीका २२ वर्षीय सरोज न्यौपानेको ज्यान गएको हो।

प्रहरीका अनुसार पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको उक्त टिपर बुधबार राति पौने १२ बजे तिर सडकबाट १२ सय मिटर तल खसेको थियो।

खोजतलास गर्दा चालकको शव बिहीबार बिहान तिनाउ नदीको पानीमा फेला परेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ