काठमाडौँ । भारतीय वायु सेनाका दुई वटा विमान मध्य आकाशमा एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जना चालकको मृत्यु भएको छ । अर्का एक जना चालकको अवस्था गम्भीर छ ।
अभ्यास उडानमा रहेका दुई वटा विमान आज बिहान मध्यप्रदेश राज्यको ग्वालियरमा दुर्घटना भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
वायु सेनाका अनुसार एउटा विमानमा एक जना मात्र चालक थिए भने अर्कोमा दुई जना सवार थिए ।
एउटा विमानका भग्नावशेष राजस्थानको भरतपुरमा र अर्को विमानका अवशेष मध्यप्रदेशको मोरेनामा फेला परेका थिए । दुर्घटनाको कारण पत्ता लगाउन जाँचबुझ समिति गठन गरिएको जनाइएको छ ।