नर्सलाई कम पारिश्रमिक दिने संस्थाको नवीकरण हुँदैनः स्वास्थ्यमन्त्री गिरी

नर्सलाई कम पारिश्रमिक दिने संस्थाको नवीकरण हुँदैनः स्वास्थ्यमन्त्री गिरी

padam-giri

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले स्टाफ नर्सलाई कम पारिश्रमिक दिने स्वास्थ्य सङ्स्थाको नवीकरण नगर्ने बताएका छन् ।

आज नेपाल नर्सिङ सङ्घको ६१औँ वार्षिकोत्सव कार्यक्रममा उनले नर्सको तलब निकै कम भएको सुन्नमा आएको भन्दै बिरामीको सेवामा चौबिसै घण्टा खटिने नर्सको सेवासुविधा वृद्धि गर्नका लागि भूमिका खेल्ने बताएका हुन् ।

उनले श्रम शोषण गर्ने स्वास्थ्य संस्थालाई अनुगमन गरी कारबाही गर्नेसमेत चेतावनी दिए । मन्त्री गिरीले नर्स मैत्री नीति बनाउनका लागि सक्रिय भूमिका खेल्ने धारणा राखे । “नर्सका समस्या पहिचान गरेर राज्यले न्यायोचित ढङ्गले सम्बोधन नगर्दा उनीहरुमा नैराश्यता उत्पन्न हुने मन्त्री गिरीले बताए। उनले अगाडी भने, “नर्सले एउटा लेभल पास गर्नुहुन्छ । मैले सुने आठ हजार दश हजारमा पनि निजी क्षेत्रमा काम गर्नुपर्ने अवस्था छ । यो निकै चिन्ताको विषय हो । यसरी न्यूनतम तलब भत्ता पनि नदिइ श्रमको शोषण गर्ने कुरा कुनै पनि हालतमा ठीक हुँदैन ।”

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ