पोखरा -१३ काहुँखोलामा आइतबार भएको आगलागी घटनामा घाइते संगिता सापकोटाको मृत्यु भएको छ । आगलागीमा ८० प्रतिशत बढी भाग जलेर गम्भिर घाइते भएकी संगिताको सोमबार बिहान करिब ११ बजे मृत्यु भएको हो ।
सोही घटनामा घाइते ४३ वर्षीय कृष्ण बहादुर क्षेत्रीको भने उपचार भइरहेको छ । घटना निकै रहस्यमय बनेकाे छ ।
४० वर्षीया सापकोटाकै घरमा भाडामा स्टेशनरी पसल सञ्चालन गर्दै आएकाे क्षेत्रीले आगो लगाएर आत्महत्या प्रयास गरेको र सापकोटाले उनलाई बचाउन गएको बताइएकाे छ । तर, घटनाबारे प्रहरी अहिल्यै बाेल्न मानेकाे छैन । घटनाको कारण पत्ता लगाउन अनुसन्धान जारी रहेकाे बताएकाे छ ।
आगलागीबाट घाइते दुवैलाई उद्धार गरी तत्काल उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो । क्षेत्रीको भने उपचार भइरहेको र खतरामुक्त रहेको प्रहरीले जनाएको छ । उनी बाेल्न सक्ने अवस्थामा छन् ।
कृष्णविरूद्ध किटानी जाहेरी:
यसैबीच, आत्मदाह गरेका भनिएका कृष्णबहादुर क्षेत्री विरूद्ध हत्याकाे किटानी जाहेरी परेकाे छ । मृतक संगिताका श्रीमानसहितका टाेली जिल्ला प्रहरी कार्यालय पुगेर कृष्ण विरूद्ध किटानी जाहेरी दिएकाे एक आफन्तले जानकारी दिए ।
सबेरै घरमा काेहि नभएका बेला भित्रबाट चुकुल लगाएर घरभेटीमाथि आगाे लगाएकाे र आफूमाथि आगाे लगाएकाे उनीहरूकाे आशंका छ । अब प्रहरीले अनुसन्धान अघि बढाइसकेकाे सन्दर्भमा थप नबाेल्ने भन्दै ती आफन्तले भने – ‘जाे आत्मदाह गर्न खाेजेका हुन्, उसकाे चाहिँ २५% शरीर जल्ने, बचाउन जानेकाे शरीर ८०% बढी कसरी जल्छ ? अहिलेलाई किटानी जाहेरी दिएका छाैँ । प्रहरीले सत्य तथ्य बाहिर ल्याउला । थप बाेल्न जरूरी छैन।’
कास्कीका प्रहरी निमित्त प्रवक्ता इन्स्पेक्टर सुवास तिमिल्सिनाले किटानी जाहेरी परेकाे पुष्टि गरे ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह