Gandak News
Our News Your Views

स्लोभाकिया पठाइदिन्छु भन्दै साढे ८ लाख ठगी गर्ने लमजुङकी महिला पक्राउ

काठमाडौं। वैदेशिक रोजगारीको लागि स्लोभाकिया पठाइदिन्छु भन्दै नगद ८ लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा लमजुङ जिल्ला मर्स्याङ्दी गाउँपालिका -९ सिम्पानी घर भई हाल काठमाडौं महानगरपालिका -४ सुकेधारा बस्ने ३९ वर्षीया मधु माया थापा रहेकी छन्।

प्रहरीका अनुसार थापाले वैदेशिक रोजगारीको लागि स्लोभाकियाको प्रतिष्ठित कम्पनीमा पठाईदिन्छु भन्दै पीडितहरूबाट पटकपटक गरी उक्त रकम ठगी गरेको खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-४ सुकेधाराबाट मंगलबार दिउँसो पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाइएको छ ।

लोड हुँदै ...