दुर्घटनामा बुटवलका पत्रकार मनोज हितङ्गाको ज्यान गयो

दुर्घटनामा बुटवलका पत्रकार मनोज हितङ्गाको ज्यान गयो

manoj-hitanga

रुपन्देही । बुटवलमा बसले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार मनोज हितङ्गाको ज्यान गएको छ ।

शनिबार राति करिब सवा ११ बजे बुटवलको मिलनचोकबाट अस्पताललाइन जाँदै गरेको हितङ्गा सवार लुम्बिनी ८ प ९०६८ नम्बरको मोटरसाइकल र मिलनचोक आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०७–०२–००१ख १२५६ नम्बरको बस बसपार्क नजिकै ठोक्किँदा उनको ज्यान गएको हो ।

दुर्घटनामा गम्भीर घाइते ३७ वर्षीय हितङ्गाको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा ज्यान गएको ट्राफिक प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ।

लामो समयदेखि टेलिभिजन क्यामेरा पर्सनका रूपमा कार्यरत उहाँ पछिल्लो समय एनएनटीभीको लुम्बिनी प्रदेश कार्यालयमा संवाददाताको रुपमा कार्यरत थिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ