मुस्ताङमा बसले किच्दा एक तीर्थयात्रुको मृत्यु

मुस्ताङमा बसले किच्दा एक तीर्थयात्रुको मृत्यु

death body

मुस्ताङ । मुस्ताङमा बसले किच्दा सोही बसमा यात्रारत एक तीर्थयात्रुको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नवलरासी पूर्वको गैंडाकोट–४ की ७६ खिलमाया श्रेष्ठ रहेका छन् ।

बुधबार मुक्तिनाथ मन्दिर दर्शन गरी उपल्लो मुस्ताङको कोरोला नाकातर्फ जाने क्रममा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङमा भे १ ख २७५४ नम्बरको बसले श्रेष्ठलाई किचेको थियो ।

बसले किचेर गम्भिर घाइते भएका श्रेष्ठलाई मुस्ताङ अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि पोखरा लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएका मुस्ताङ प्रहरीले जनाएको छ ।

पूर्वी नवलपरासीको गैंडाकोटबाट आएको टोली मुक्तिनाथ दर्शनपछि कोरोला नाकातर्फ जाने क्रममा छुसाङमा चियापानका लागि रोकिएको थियो । चियापानपछि बस चलाउँदा सोही बसमा यात्रारत श्रेष्ठ बस चढ्ने क्रममा दाहिने खुट्टा बसले किचेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ