अमेरिकामा मृत भेटिए समाजसेवी कृष्ण लामिछाने

अमेरिकामा मृत भेटिए समाजसेवी कृष्ण लामिछाने

krishna-lamichhane

पोखरा । अमेरिका निवासी समाजसेवी तथा व्यवसायी कृष्ण लामिछाने आफ्नै निवासमा मृत भेटिएका छन्।

मङ्गलबार साँझ टेक्सासस्थित आफ्नै निवासस्थान कोपेल टाउनमा उनी मृत अवस्थामा फेला परेका हुन्।  लामिछानेले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ । श्रीमती र दुई छोरीसहित अमेरिका बस्दै आउनुभएका ५४ वर्षीय लामिछाने गोरखाको नाम्जुंगका स्थायी बासिन्दा हुन् ।

उनी लामो समयदेखि पारिवारिक समस्याले तनाव रहेको निकटस्थहरूले बताएका छन्।

टेक्ससमा व्यवसाय गरेर बसेका उनी त्यहाँ नेपाली समुदायको सेवामा पनि सक्रिय थिए।

गैर आवासीय नेपाली सङ्घ, अमेरिका (एनआरएनए) का पूर्व सदस्य तथा एनआरएनएको सन् २०२१ मा सम्पन्न निर्वाचनमा अध्यक्ष पदका प्रत्याशी लामिछाने नेपाली जनसम्पर्क समिति अमेरिकाको संस्थापक सदस्य तथा नेपलिज सोसाइटी अफ टेक्ससका पूर्व अध्यक्ष हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ