अमेरिकाको एक स्कुलमा गोली चल्यो, तीन बालबालिकासहित ६ जनाको मृत्यु

अमेरिकाको एक स्कुलमा गोली चल्यो, तीन बालबालिकासहित ६ जनाको मृत्यु

goli

काठमाडौँ । अमेरिकाको टेनेसीको निजी स्कुलमा गोली चल्दा तीन बालबालिकासहित ६ जनाको मृत्यु भएको छ ।

न्यासभिलस्थित क्रिश्चियन स्कुल कोभेन्टमा एक पूर्व विद्यार्थीले अन्धाधुन्द गोली चलाउँदा तीन कर्मचारी र तीन बालबालिकाको मृत्यु भएको हो ।

मारिएका विद्यार्थीहरु ९ वर्ष मुनिका छन् । मृत्यु भएका अन्यमा स्कुलकी प्रमुख, शिक्षिका र सुरक्षा गार्ड छन् । सो स्कुलमा करिब २०० विद्यार्थीहरु छन् ।

उनी पनि प्रहरीको गोली लागेर मारिएकी छन् । संदिग्ध २८ वर्षीया अड्रे हेल रहेको त्यहाँको प्रहरीले जनाएको छ । तर उनले स्कुलका अवोध बालबालिकाहरुलाई निशाना बनाउनुको कारण भने खुलेको छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds