पोखरा । सुरेस तामाङ्ग र नारायण रानामगरको जोडीले पोखरा–८ वडास्तरिय व्याडमिण्टन प्रतियोगिताको उपाधी जितेका छन् । बुधबार खुल्लातर्फ भएको फाइनल खेलमा दिल सुनारी र श्याम थापाको जोडीमाथि २१–१६ र २१–१५ को सोझो सेटमा जित निकाल्दै सुरेस जोडीले यो प्रतियोगिताको उपाधी जितेको हो । देवन थापा र सूर्यबहादुर थापाको जोडीले तेश्रो स्थान प्राप्त गरे ।
पोखरा महानगरपालिका वडा नम्बर ८ को आयोजना तथा युनिक व्याडमिण्टन क्लवको संयोजनमा सिर्जनाचोकस्थित बराल सामुदायिक भवनको हलमा सम्पन्न प्रतियोगिता अन्तर्गत भेट्रान्सतर्फ सरोज श्रेष्ठ र सुनिल पौडेलको जोडी प्रथम हुन सफल भयो । प्रतिस्पर्धात्मक फाइनल खेलमा वडाध्यक्ष समेत रहेका रुद्रनाथ बराल र अशोक श्रेष्ठको जोडीलाई १४–२१, २१–१९ र २१–९ को सेटमा पराजित गर्दै यो जोडीले उपाधी रक्षा गरेको हो । फुर्वा छिरिङ गुरुङ र रबिन कुमार विश्वकर्माले तृतीय स्थानमा चित्त बुझाए ।
प्रतियोगितामा विजयी खेलाडीहरुले खेल समाग्री सहित ट्रफि मेडल प्रमाणपत्र पुरस्कार पाए । उनीहरुलाई प्रतिनिधी सभा सदस्य विद्या भट्टराईले एक समारोहका विच पुरस्कार प्रदान गरिन् । सो अवसरमा भट्टराईले खेलकुदले स्वस्थ्य समाज, स्वस्थ्य नागरिक उत्पादन गर्ने हुँदा मानव जिवनमा खेलकुदको महत्वपूर्ण पाटो रहेको औल्याइन् । तर सरकारले खेल क्षेत्रलाई कहिल्यै प्राथमिकतामा नराखेकोमा दुखेसो पोख्दै खेल क्षेत्रमा बजेट बढाउन आफुले पहल गर्ने बताइन् ।
समापन समारोहमा पोमनपा वडा ७ का वडाध्यक्ष राममोहन आचार्य, वडा ५ का वडाध्यक्ष विष्णु प्रसाद बराल, निवर्तमान अध्यक्ष डिवी नेपाली, वडा ८ का सदस्य गोविन्द बराल, निवर्तमान सदस्य किरण गौतम लगायतले प्रतियोगिताको महत्वबारे बोलेका थिए । आयोजक वडाका वडाध्यक्ष रुद्रनाथ बरालले यो प्रतियोगितालाई आगामी वर्षहरुमा थप परिस्कृत गर्दै निरन्रता दिइने बताए । वडा सचिव सविता ढुङ्गानाले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।
सम्बन्धित खबर
स्याङ्जामा ‘मुनाल (बतासे प्रेम)’ लोकार्पण
स्याङ्जामा औलोको जोखिम न्यून, चार वर्षमा भेटिए पाँच संक्रमित
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार आरोपमा स्याङ्जाका एक पुरुष पक्राउ
औषधि बजारलाई व्यवस्थित बनाउनु पर्दछः प्रदेश प्रमुख भट्ट
दुई प्रदेश जोड्ने राम्दी पुल निर्माण अन्तिम चरणमा
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
सरकारले हटायो काठमाडौं महानगरका अव्यवस्थित बस्ती