हेमजा । बिष्णु पादुका क्लब पोखरा २५ हेमजाको आयोजनामा हुन लागेको ११ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७९ को तयारी तिव्र पारिएको छ । यही चैतको २६ गतेदेखि बैशाख ३ गतेसम्म सञ्चालन हुने महोत्सवको तयारी तिव्र पारिएको बुधबार मुल आयोजक समिति सल्लाहकार तथा उपसमिति सँग बसेको बैठकमा जनाइएको छ ।
महोत्सवलाई कृषकको महोत्सव बनाउन कृषि बिकास निर्देशनालय गण्डकी प्रदेश लगाएत कृषि ज्ञान केन्द्र तथा कृषि सञ्जाल सँग छलफल भई रहेको महासचिव बसन्त कुमार श्रेष्ठले बताए । उनले कृषि महाशाखाको पहलमा कृषि विशेषज्ञ र कृषक बिच कृषि साझा सवाल आयोजना गरिने बताए । महोत्सवको लागि विभिन्न कृषि निकाय सँग समन्वय भइरहेको र आलुको साथसाथै रैथाने बालिको प्रदर्शन गरिने छ ।
महोत्सवको आकर्षणको लागि निर्माण गरिने आलुको पहाडको लागि आलु संकलन भइरहेको कृषक परिचालन उपसमिति संयोजक जयराम तिमिल्सिनाले बताए । उनले बुधबारसम्म ५० केजीको ५५० बोरा संकलन भइसकेको र अब ५० बोरा संकलन गर्न बाकी रहेको बताए । आलुको साथै अन्य तरकारी बिक्री स्टल राख्नुपर्ने उनको भनाइ छ । हेमजामा आलुको उत्पादन घटेको भए पनि महोत्सवको लागि हेमजाका आलुले पुग्ने उल्लेख गरे । बाहिरी आलु ल्याए महोत्सव गर्न लागिएको भन्ने हल्लाको पछि नलाग्न उहाँले सबैमा आग्रह गरे ।
महोत्सवको समायावधि नजिक आइरहदाँ बुधबारसम्म स्टल निर्माणका काम भइरहेको तथा स्टल बुकिङ भइरहेको स्टल तथा रेष्टुरेन्ट उपसमिति संयोजक राजेन्द्र थापाले जानकारी दिए । उनका अनुसार केही कृषि तथा रेष्टुरेन्टका स्टल बुकिङ भइसकेको बताए । बैठकमा मुल आयोजक समिति संयोजक सुबिन श्रेष्ठ, साँस्कृतिक उपसमिति संयोजक दान ब. थापा, प्रचारप्रसार उपसमिति संयोजक निराजन अधिकारी लगाएतले अहिलेसम्म भइरहेको गतिविधिको बारेमा जानकारी गराएका थिए । त्यस्तै जित ब. कार्की, भिम प्रसाद श्रेष्ठ निलकण्ठ पौडेल लगाएतले सुझाव दिएका थिए ।
‘सुन्दर ठाउँ हेमजा जाउँः आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने मुल नाराका साथ महोत्सव गर्न लागिएको हो । महोत्सवको आकर्षणहरुमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको ठुलो पहाड निर्माण, आलुका विभिन्न परिकार, विविध सांस्कृतिक कार्यक्रम, राष्ट्रिय स्तरको कृषि दोहोरी गीत प्रतियोगिता, कृषि झाँकी प्रतियोगिता, पप कन्सर्ट, हाँस्य कलाकारहरुका प्रस्तुति, जापानीय सुन्तला, च्याउ, कफी, चियाको बिक्री एवम् प्रदर्शनी, कृषि बीउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी लगायत रहेका छन् ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो