राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगितामा पाेखराकी ममता गुरुङ प्रथम

राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगितामा पाेखराकी ममता गुरुङ प्रथम

ममता

रेडियो नेपालको ७३ औँ वार्षिकोत्सवका अवसरमा आयोजित आधुनिक गीत प्रतियोगितामा कास्कीकी ममता गुरुङले गायन तर्फ प्रथम स्थान हासिल गरेकी छन् ।

गुरुङले स्वेता मैनालीको शब्द रचना र शङ्कर थापा स्माइलको सङ्गीत रहेको तारा टिपेर माला लाउँछु बोलको गीत गाएकी थिइन् । प्रतियोगितामा पाँचथरकी मुना ठटाल द्वितीय र भक्तपुरका सरोज परियारले तृतीय स्थान हासिल गरे ।

ठटालले डिपी खनालको शब्द रचना र शङ्कर थापा स्माईलको सङ्गीत रहेको कति लाए मनमा मल्हम बोलको गीत गाएकी थिइन् भने परियारले पनि खनालको शब्द रचना र थापाकै सङ्गीत रहेको बन्द भो त्यो आवाज बोलको गीत गाएका थिए ।

प्रतियोगितामा स्वेता मैनाली उत्कृष्ट गीतकार घोषित भए भने खड्ग गन्धर्व उत्कृष्ट सङ्गीतकार घोषित भए । वि सं २०२२ साल देखी सुरु गरिएको आधुनिक गीत प्रतियोगितामा यो पटक मुलुकभरबाट ३० जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds