पोखरामा माइक्रोबसको ठक्करबाट एक जनाको मृत्यु

पोखरामा माइक्रोबसको ठक्करबाट एक जनाको मृत्यु

road-accident-1597561408

पोखरा । पोखरामा माइक्रोबसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

शुक्रबार पोखराको न्यूरोडमा माइक्रोबसेको ठक्करबाट स्कुटरमा सवार ४५ वर्षीय सूर्य थकालीको मृत्यु भएको हो ।

पोखरा महानगरपालिका–८ का थकाली चिप्लेढुंगाबाट आउँदै थिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार ग५प ९४ नम्बरको स्कुटरलाई ग१ज ४५४० नम्बरको माइक्रोबसले ठक्कर दिएको हो ।

घटनापछि गम्भीर घाइते भएका थकालीलाई मणिपाल शिक्षण अस्पताल लगिएपनि डाक्टरले मृत घोषणा गरेका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds