सिक्किममा हिमपहिरोमा परेर ३ नेपालीसहित ७ जनाको मृत्यु

सिक्किममा हिमपहिरोमा परेर ३ नेपालीसहित ७ जनाको मृत्यु

Sikkim_hm

काठमाडौं । सिक्किममा हिमपहिरोमा परेर तीन नेपालीसहित सात जनाको मृत्यु भएको छ । हिमपहिरोमा परेर अन्य १३ जना घाइते भएका छन् ।

हिजो मङ्गलबार दिउँसो गान्तोक–नाथुला जेएनएम सडकमा गएको हिमपहिरोमा परेर चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल तथा रुपन्देहीका मुना शाह श्रेष्ठको मृत्यु भएको सिक्किम सरकारले जनाएको छ । ज्यान गुमाउने अरू चार जनामा भारतीय नागरिक रहेका छन् ।

यस्तै घाइते १३ मध्ये तीन जना नेपाली रहेका छन् । गीता सापकोटा, ज्वोती गुरुङ र रमेश खनालको उपचार भइरहेको छ । हिमपहिरोमा चार सयभन्दा धेरै पर्यटक फसेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds