भारतकी चर्चित अभिनेत्री उत्तरा बावकरको निधन

भारतकी चर्चित अभिनेत्री उत्तरा बावकरको निधन

uttara

काठमाडौं । भारतकी चर्चित अभिनेत्री तथा रंगकर्मी उत्तरा बावकरको निधन भएको छ ।

लामो समयदेखि बिरामी परेकी उत्तराबो पुणेको एक अस्पतालमा ७९ वर्षको उमेरमा निधन भएको हो । उत्तराको बुधबार निधन भएको पारिवारिक स्रोतले बताएको छ ।

उत्तराले दिल्लीको नेशनल स्कूल अफ ड्रामाबाट अभिनयको पाठ सिकेकी थिइन् । उत्तराले तमस, सरदारी बेगम, तक्षक, दोर, आजा नच ले जस्ता हिन्दी फिल्म, दोघी, उत्तरायण, रेस्तरां र संहिता जस्ता मराठी फिल्ममा अभिनय गरेकी थिइन् ।

उत्तराले उडान, अन्तराल, रिश्ते, कोरा कागज, नजराना र जस्सी जैसी कोई नही जस्ता धेरै सिरियलहरूमा समेत अभिनय गरेकी थिइन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ