नेशनले ल्याए ‘चैतको डढेलो’ (भिडियोसहित)

नेशनले ल्याए ‘चैतको डढेलो’ (भिडियोसहित)

Nesan

पोखरा । गायक नेशन पुनको नयाँ गीत ‘चैतको डढेलो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । उनले पोखराबाट गीतको भिडियो सार्वजनिक गरेका हुन् । डिजिटल बजारमा नेशनको युट्युब च्यानलबाट गीत सार्वजनिक भएको हो ।

गीतमा डेकेन्द्र श्रेष्ठको शब्द र श्याम महर्जनको संगीत छ । विशन थापाले निर्देशन गरेको भिडियोमा नेशनसँगै सुष्मी पुन फिचर्ड छन् । म्याग्दीको घोरेपानी क्षेत्रमा छायांकन भएको भिडियोमा त्यहाँको जीवनशैली उतारिएको छ ।

‘उता भने चैतको डढेलोले वन खायो
यता भने तिम्रै पिरतीले मन खायो…’

गीतमा तामाङ सेलो र रक फ्युजन गरिएको छ । ‘चैतको डढेलो’ बाछ आशावादी रहेको नेशन बताउँछन् । उनी भन्छन्, ‘अहिलेको ट्रेन्डमा यस्ता खालका गीत हराइसक्यो । तामाङ सेलो र रकको फ्युजन भएकाले रुचाउनुहुनेछ ।’

नेशन नेपाल आइडलको उत्कृष्ट ५ मा पर्न सफल भएका थिए । त्यसपछि उनको सांगीतिक करियर उकालो लागेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ