पोखरा । पोखरा महानगरपालिका वडा नं ६ बैदाममा रहेको बगैँचा टोल विकास संस्थाले नेपाली नयाँवर्षको अवसरमा आज एक कार्यक्रम आयोजना गरी शुभकामना आदान प्रदान गरेको छ ।
पोखरा महानगरपालिका वडा नं ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सो अवसरमा वडाध्यक्ष भट्टराईले नयाँवर्षले सबै नेपालीहरुमा सुख, शान्ति र समृद्धि हासिल हुने विश्वास व्यक्त गरे ।
उनले भने,“यस वर्ष देशले आर्थिक लगायत धेरै संकट भोग्नु परेको छ । आगामी वर्ष त्यस्तो नहोस् । देशमा आर्थिक उन्नयन, समृद्धि र जनताको मुहारमा सँधै खुशी आगामी वर्षमा हुनेछ भन्ने विश्वास छ ।” बैदाम क्षेत्र पर्यटकीय क्षेत्र भएकोले प्रचार प्रसारमा यस क्षेत्रका टोल विकास संस्थाहरुको महत्वपूण भुमिका रहने सुनाए ।
वडाध्यक्ष भट्टराईले बगैँचा टोल विकास संस्था वडामै उत्कृष्ट टोल विकास सस्थाका रुपमा रहेको बताए । बगैँचा टोल विकासले गरेको सामाजिक कार्यको अन्य सबैले अनुसरण गर्न उनले आग्रह गरे ।
बगैँचा टोल विकास संस्थाका अध्यक्ष मीना ढकालले संस्थाले सरसफाई कार्यक्रम, महिलाहरुको क्षमता विकास, आयआर्जनमा सहयोगी, स्वास्थ्य सामग्री वितरण लगायतका काम गरेको बताइन् । उनले आगामी दिनमा वडासँग सहकार्य गरेर क्षमता विकासका कार्यक्रम गर्ने योजना रहेको बताइन् ।
कार्यक्रममा वडा सदस्य दीपेन्द्र पहारी, वासु बराल, अन्नपूर्ण आमा समूहका अध्यक्ष रेणु लामिछाने, अन्नपूर्ण आमा समूहका सल्लाहकार एवं हिमाली आवाज साप्ताहिकका पत्रकार गणेश पहारी, सल्लाहाकार प्रेमनारायण अधिकारी,स्थानीय नवराज अधिकारी, नर्मदेश्वर मन्दिरका पूजारी प्रविन तिमिल्सिना लगायतले टोल विकास संस्थाले समाजमा पुर्याएको योगदानको प्रशंसा गर्दै आफ्ना भनाई राखेका थिए । कार्यक्रममा बगैँचा टोल विकास संस्थाका उपाध्यक्ष उर्मिला ढकालले स्वागत र सञ्चालन सचिव रमा शिवभक्तिले गरेकी थिइन् ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो