काठमाडौं । मुलुकभर फैलिएको वायु प्रदूषणले आम नागरिकको जनस्वास्थ्यमा गम्भीर असर पर्न थालेको छ ।
विश्वका प्रदूषित शहरमध्ये पहिलो सूचीमा काठमाडौं शहर परेको छ । प्रदूषित शहरको पहिलो सूचीमा काठमाडौं परेपछि मुलुकभरका आन्तरिक उडान प्रायः ठप्प भएका छन् । अहिले वायु प्र्रदूषणका कारण बालबालिका र वृद्धवृद्धा प्रभावित भएका छन् । वायु प्रदूषणको अन्तर्राष्ट्रिय मापन निकाय आईक्यू एयरका अनुसार काठमाडौं उपत्यकाको एयर भिजुअल सूचक आईक्यू १९६ रहेको छ ।
उक्त सूचक १५१ देखि ३०० बीचमा रहनु स्वास्थ्यका लागि हानिकारक मानिन्छ । प्रदूषणकै कारण अहिले विभिन्न देशले नेपाल भ्रमण गर्दा होसियारी अपनाउन आफ्ना नागरिकलाई आग्रह गरेको समाचार सार्वजनिक भएको छ । कोरोना महामारीपछि नेपालको पर्यटन क्षेत्रमा सुधार आउन लागेका बेला वायु प्र्रदूषणका कारण नेपालमा पर्यटकको बसाइ लामो नहुने र नेपालको आर्थिक क्षेत्रमा समेत धक्का लाग्ने नेपाल पर्यटन बोर्डका अध्यक्ष डा.धनञ्जय शर्माले बताए ।
नेपालमा खास गरी अहिलेको समयमा देशभरका वनहरूमा डडेलोबाट निस्किएको धुवाँ नेपालभर फैलनु, उद्योग कलकाराखानाबाट निस्कने प्रदूषण, सवारीसाधनकोे प्रदूषण र नेपालसँग सीमा जोडिएको भारतीय राज्यहरूमा अहिले गहुँ काटेर छ्वाली डढाउने र त्यसबाट निस्किएको धुवाँ नेपाल प्रवेश गर्ने भएकाले पनि अहिले बढी प्रदूषण फैलिएको मौसमविद्हरूले जानकारी दिएका छन् ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार हरेक वर्ष विश्वमा ७० लाख हाराहारीमा वायु प्रदूषणले मानिसको मुत्यु हुने गरेको जनाएको छ ।
वायु गुणस्तरबारे विश्वव्यापी अनुगमन गर्ने स्विस कम्पनी आक्यूएयरलगायत संघ/संस्थाले काठमाडौं उपत्यका विश्वका प्रदूषित शहरको सूचीमा सूचीकृत गर्दै आएको छ ।
नेपालपछि थाइल्यान्डको चियाङमाई, बैंकक, बंगलादेशको ढाका भियतनामको हनोई, चीनको वुहान र सांघाई, भारतको दिल्ली सहर १० प्रदूषित शहरका रूपमा चित्रित गरिएको छ । यी शहरमा वायु प्रदूषणको मात्रा १२० यूएस एक्यूआईभन्दा माथि छ ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।
सम्बन्धित खबर
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले बनायो सम्मानित वरिष्ठ नेता
डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो
रास्वपा पपुलिजम र अराजकताको जगमा उभिएको शक्ति हो, सफल हुँदैन: प्रदीप ज्ञवाली
बालेनबाट कार्यवाहक प्रधानमन्त्री पाएको भोलिपल्टै राष्ट्रपति भेट्न पुगे अर्थमन्त्री वाग्ले
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन