पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा सोमबारदेखि पोखरामा तामाङ मातृभाषा प्रशिक्षण तथा तामाङ मौलिक बाजा टुङ्ना तालिम सुरु भएको छ । कोकोम्हेन्दो साहित्य समाज पोखराको संयोजनमा पोखरा १३ मा आयोजित यो प्रशिक्षण कार्यक्रम एक महिनासम्म चल्ने छ ।
प्रशिक्षण कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सरकारका प्रमुख सचिव रविलाल पन्थले गरें । उद्घाटन कार्यक्रममा बोल्दै उनले गण्डकी प्रदेश कला, साहित्य, संगीत र संस्कृतिको उर्वर भुमि भएको बताए ।
पछिल्लो समयमा भाषा, संस्कार र संस्कृतिलाई जोगाउदै पुस्ताहस्तान्तरण गर्ने अभियानमा गण्डकी प्रज्ञा प्रतिष्ठानले देखाएको क्रियाशिलताको मुख्यसचिव पन्थले प्रशंसा गरें। ‘यस भुमिको भाषा, संस्कार र संस्कृति जोगाउने मात्र नभएर पुस्ताहस्तान्तरण गर्न प्रदेश सरकारको प्रतिबिम्बको रुपमा गण्डकी प्रज्ञा प्रतिष्ठानले जसरी गति पैदा गरेको छ यो निकै सह्रानिय छ’ उनले भने ।
भाषा, संस्कार र संस्कृति हराए देश नरहने भएको सबै मिलेर यसको संरक्षण गर्नुपर्ने उनको भनाई थियो । ‘हाम्रा भाषाहरु, संस्कार, संस्कृति हराए देश रहदैन तसर्थ देश जोगाउने अभियानमा तपाईको अग्रसरताप्रति आभार व्यक्त गर्दछु’ उनले थपे । तामाङ समुदायसँग भाषा र बाजा प्रशिक्षण मार्फत जोडिन पाएकोमा उनले खुशी व्यक्त समेत गरें ।

कार्यक्रममा बोल्दै गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले आफुहरु गण्डकी प्रदेशमा बसोबास गर्ने सम्पूर्ण जातीहरुको भाषा, संस्कृति जोगाउने अभियानमा लागेको बताए । उनले रिजल्ट बेसमा काम गरिदिन प्रशिक्षार्थीसँग आग्रह गरें । ‘हामी गण्डकी प्रदेशमा बसोबास गर्ने सम्पूर्ण जातीहरुको भाषा, संस्कृति जोगाउने अभियानमा छौं । तपाईहरुसँगको सहकार्य सिङ्गो प्रज्ञा प्रतिष्ठानको लागि हौसला हो । हामी काम मार्फत रिजल्ट दिन चाहन्छौ । तपाईहरु रिजल्ट वेसमा काम गरिदिनुहोला’ उनले भने ।
कोकोम्हेन्दो साहित्य समाज पोखराको संयोजक दीपक तामाङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सदस्य पवित्रा तामाङ र सञ्चालन सचिव मिनमाया तामाङले गरेका थिए । प्रशिक्षण कार्यक्रममा भाषातर्फ २८ जना र बाजा तर्फ ३३ जनाको सहभागीता रहेको छ ।
आयोजक गण्डकी प्रज्ञा प्रतिष्ठान प्रतिष्ठान आफ्नो दोस्रो स्थापना दिवस समेत भव्य रुपमा मनाउने तयारीमा समेत लागेको छ । स्थापना दिवसमा गण्डकी प्रदेशका कला साहित्य संगीत तर्फका श्रष्टाहरुलाई नगद सहित सम्मान गरिने सदस्य सचिव मनकुमार श्रेष्ठले जनाए ।
सम्बन्धित खबर
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन