भारतमा विषाक्त मदिरा सेवनबाट ३२ जनाको मृत्यु

भारतमा विषाक्त मदिरा सेवनबाट ३२ जनाको मृत्यु

nakkali madira

पोखरा । भारतको बिहारमा विषाक्त मदिरा सेवनबाट ३२ जनाको मृत्यु भएको छ ।

बिहारको चम्पारण (मोतिहारी) जिल्लामा भएको उक्त घटनामा १४ जनाको अवस्था गम्भीर रहेको हो ।

घटना लगत्तै विषाक्त मदिरा बेचबिखनको आरोपमा ५ स्टेशन हाउसका अफिसर र विभिन्न प्रहरी थानाका दर्जनौ कर्मचारीलाई निलम्बन गरिएको छ ।

प्रहरीले छापा मार्ने क्रममा हालसम्म १ सय भन्दा बढीलाई पक्राउ गरेको छ । प्रहरीले हजारौं लिटर मदिरा बरामद गरेको छ । यसैबीच बिहारका मुख्यमन्त्री नितिश कुमारले पीडित परिवारलाई क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds