भारतमै पक्राउ परे अमृतपाल सिंह

भारतमै पक्राउ परे अमृतपाल सिंह

amritpal

पोखरा । भारतमा खलिस्तानको अभियान चलाइरहेका अमृतपाल सिंहलाई प्रहरीले पक्राउ गरेको छ।

नेपालमा लुकेर बसेको दाबी गरिए पनि उनी भारतको पन्जाबस्थित मोगा भन्ने स्थानबाट आइतबार बिहान पक्राउ परेका हुन् ।

भिारतीय सुरक्षा एजेन्सीको सर्वाधिक खोजीको सूचीमा रहेका सिंह पछिल्लो समय पञ्जाबबाट भागेर नेपाल आएको काठमाडौंस्थित भारतीय दूतावासले दाबी गरेको थियो । शिखहरूका लागि पञ्जाबमा छुट्टै देश ‘खालिस्तान’ बनाउने अभियानमा रहेका उनलाई पक्राउ गर्ने भारतमा खोजी अभियान गरेपछि उनी लुक्दै आएका थिए ।

सुरुमा प्रहरीले अमृतपाल सिंहले मोगा पुलिससँग आत्मसर्मपण गरेको जनाए पनि पछि भने गिरफ्तार गरिएको जनाएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ