भारतमा डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु

भारतमा डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु

dunga-acc

पोखरा । भारतको केरलामा यात्रुबाहक डुंगा पल्टिंदा २१ जनाको मृत्यु भएको छ ।

केरलाको मलप्पुरम जिल्लाको तनुर क्षेत्रको समुद्रमा आइतबार राति पर्यटक डुंगा पल्टिएको हो ।

मृतकहरुमा अधिकांश बालबालिका रहेका छन् । दर्जन बढीलाई जिवित्तै उद्धार गरी अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ ।

छुट्टी मनाउन गएकाहरु बोकेको डुंगा दुर्घटना भएको र डुंगामा ४० जना भन्दा बढी रहेको जनाइएको छ । अहिले खोजतलास तथा उद्धार कार्य भइरहेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई जनही २ लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ