न्युजिल्याण्डको एक छात्रावासमा आगलागी : ६ जनाको मृत्यु, ३० वेपत्ता

न्युजिल्याण्डको एक छात्रावासमा आगलागी : ६ जनाको मृत्यु, ३० वेपत्ता

aago lagi

काठमाडौं । न्युजिल्याण्डको राजधानी वेलिङ्गटनको एक छात्रावासमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ ।

गएराति भएको उक्त आगलागीमा परी ३० जना वेपत्ता रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । उनीहरुको खोजी भइरहेको छ ।

आगलागी भएको उक्त चार तले आवासीय भवनमा ९२ जनासम्म बस्न मिल्ने कोठा रहेको तर आगलागी हुँदा भवनमा कतिजना थिए भन्ने खुल्न नसकेको बताइएको छ ।

आगलागी नियन्त्रणका लागि २० वटाभन्दा धेरै दमकल र २ सय जना अग्नी नियन्त्रक खटिएका थिए ।

आगलागीको कारण भने अहिले सम्म खुल्न सकेको छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ