Gandak News
Our News Your Views

भारतले २००० भारुको नोट चलनचल्तीबाट हटाउने

पोखरा । भारतले २००० भारुको नोट चलनचल्तीबाट हटाउने घोषणा गरेको छ ।

हिजो भारतको रिजर्भ बैँक (आरबीआई) ले निकालेको विज्ञप्तिमा यी नोटहरू वैध नै रहने र आउँदो सेप्टेम्बर ३० तारिख (असोजको १३ गते) सम्म बैँकहरुमा जम्मा गर्न सकिने जनाएको छ ।

नागरिकले आफ्नो खातामा दुई हजारका नोट जम्मा गर्न वा जुनसुकै शाखामा गएर नोट साट्न सक्ने उल्लेख छ ।

साथै बैँक खातामा जम्मा गर्नका लागि कुनै सीमा तोकिएको छैन र त्यसमा विद्यमान कानून लागु हुने बीबीसी हिन्दीले जनाएको छ ।

आरबीआईले बैँकहरुलाई तत्काल दुई हजारका नयाँ नोट जारी नगर्न पनि निर्देशन दिएको छ ।

लोड हुँदै ...