पोखरा महानगरपालिका वडा नं. १५ द्वारा आयोजित वडा १५ स्तरीय पुरुष तथा महिला डबल्स ब्याडमिण्टन प्रतियोगितामा पुरुषतर्फ रमेस प्रसाद श्रेष्ठ र धनराज गुरुङ्गको जोडी प्रथम भएको छ ।
शनिबार भएको फाइनल खेलमा प्रकाश गुरुङ्ग र युवराज गुरुङ्गको जोडीलाई पराजित गर्दै यो जोडीले उपाधी जितेको हो । महिलातर्फ तुलसी फगामी पुन र टिकीसरा गर्वुजा तामाङ्गको जोडीले लिलादेवी शेरपञ्जा र सुशिला पुर्जा पुनको जोडीलाई पराजित गर्दै प्रथम स्थान हाँसिल गरे । पुरुषतर्फ खुमबहादुर गुरुङ र हरिबहादुर आले तथा मनिष गुरुङ्ग र सफल थापा मगरको जोडीले तृतीय स्थान प्राप्त गरे । महिलातर्फ दिलकुमारी रोन्जिता र हरिमाया थापा तथा गंगा नापित र बिमला थापाको जोडी तृतीय भए ।
विजयी खेलाडीहरुले क्रमशः ७, ५ र ३/३ हजार नगद सहित प्रमाण पत्र पुरस्कार प्राप्त गरे । प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङ्गले एक समारोहका विच विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरे । सो अवसरमा उनले आपसी भाइचारा र स्वस्थ्य समाज निर्माणका लागि खेलकुद महत्वपूर्ण भएको औंल्याए । वडाध्यक्ष तोरण बानियाँले वडाले विकास निर्माणसंगै खेलकुदका कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको बताए ।
खेल संयोजक समेत रहेका वडा सदस्य आशिष भण्डारीले वडाको सफलतामा जनप्रतिनिधीको मात्र नभई जनताको पनि उत्तिकै सहकार्यको खाँचो रहेको औंल्याए । कार्यक्रममा मितेरी टोल विकास संस्थाका सल्लाहकार मोती पोखरेल, वडा सदस्यहरु सेतीमाया गुरुङ्ग, मन्दिरा परियार, बलराम पौडेल लगायतले पुरस्कार वितरण गरेका थिए ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह